प्रयोगका शर्तहरू

1.  वेबसाइट प्रयोगका शर्त तथा नियमहरू

shabdakosh.com.np (यस पश्चात “वेबसाइट” भनिएको) प्रयोग गरेर, तपाईं यी वेबसाइट प्रयोगका शर्त तथा नियमहरू, सबै प्रचलित कानून तथा विनियमहरू द्वारा बाँधिन, र यो वेबसाइटको प्रयोगको सम्बन्धमा कुनैपनि प्रचलित स्थानीय कानूनहरू पालना गर्न सहमत हुनुहुन्छ। तपाईं यी मध्ये कुनैपनि शर्त प्रति सहमत हुनुहुन्न भने, यो वेबसाइटको पहुँच वा अन्य तरिकाले प्रयोग नगर्नुहोस्। तपाईंले यो वेबसाइट प्रयोग गर्नुभयो भने, तपाईंले वेबसाइट प्रयोगका शर्त तथा नियमहरू स्वीकारेको र तिनीहरूको अधीनमा रहन सहमत भएको मानिनेछ। यी शर्त तथा नियमहरूलाई सूचना दिए बिना कुनैपनि समयमा परिवर्तन गर्न सकिन्छ। प्रयोगकर्ताहरू यी संशोधनहरूको अधीनमा रहनुपर्ने हुन्छ। त्यसैले यी शर्त तथा नियमहरू भएका कुनैपनि संशोधनहरूको बारेमा अवगत रहन उनीहरूले आवधिक रूपमा यो पृष्ठमा हेर्नुपर्छ।

2.  दायित्व अस्वीकरण

Shabdakosh मा भएका जानकारी यथार्थ र सही छन् भनी सुनिश्चित गर्नको लागि यस साइटका मालिकहरूले सक्दो प्रयास गरेका छन्, तर हामी यी जानकारी त्रुटि-रहित छन् भनी प्रत्याभूति प्रदान गर्न सक्दैनौँ। यो वेबसाइटको कुनैपनि सामग्रीको सत्यता, पूर्णता वा प्रयोगको लागि उपयुक्तताको सम्बन्धमा कुनैपनि व्यक्त वा अव्यक्त दाबी, वाचा वा वारेन्टी गरिँदैन। कुनैपनि त्रुटि प्रति उत्तरदायित्वलाई व्यक्त रूपमा अस्वीकार गरिन्छ। यो वेबसाइटको प्रयोगले तपाईंले यो अस्वीकरणलाई बेशर्त स्वीकार्नुभएको इंगित गर्दछ।

3.  तेस्रो पक्ष साइटहरूको लिङ्क

यो वेबसाइटमा अन्य वेबसाइटका लिङ्कहरू समावेश हुनेछन् जस माथि Shabdakosh को कुनै नियन्त्रण तथा अधिकार छैन। ती साइटहरूको सामग्रीको लागि कुनैपनि जिम्मेवारी स्वीकारिनेछैन। यिनीहरू केवल प्रयोगकर्ताको सुविधाको लागि प्रदान गरिएका हुन्।

4.  ट्रेडमार्क

shabdakosh.com.np मा रहेका ट्रेडमार्क, लोगो, र सेवा चिन्हहरू (सामूहिक रूपमा "ट्रेडमार्कहरू") दर्ता गरिएका चिन्हहरू हुन्। यो वेबसाइटमा समावेश कुनैपनि कुराले यसमा देखाइएको कुनैपनि ट्रेडमार्कलाई यसको मालिकबाट लिखित अनुमति प्राप्त नगरिकन प्रयोग गर्नको लागि निहितार्थ, इस्टोपेल वा अन्य रूपमा कुनैपनि इजाजत वा अधिकार प्रदान गर्दैन न त त्यस्तो अर्थ नै दिन्छ। तपाईंलाई यो वेबसाइमा देखाइएको ट्रेडमार्कहरू, वा यो वेबसाइटको कुनैपनि सामग्रीलाई, यस अन्तर्गत उल्लेख भए अनुसार बाहेक, गलत तरिकाले प्रयोग गर्न निषेध गरिएको छ।

यो वेबसाइट होस्ट गरिएको सर्भर(हरू)ले IP ठेगाना र सर्फिङ गतिविधिहरूको अभिलेख राख्दछ, जसमा शब्दकोषमा खोजिएका शब्दहरू पनि पर्दछन् तर यतिमा मात्र सीमित छैन। खोजिएका शब्दहरू, खोजको बारम्बरता र प्रयोगकर्ता एजेन्ट गतिविधिको निगरानी राख्नुको तात्पर्य सामग्रीहरूलाई प्रणालीगत ढङ्गले प्रतिलिपि गरिँदै छ कि भनी पत्ता लगाउनु हो जसलाई प्रतिलिपि अधिकार हनन् मानिन्छ। माथि उल्लिखित जानकारी तपाईंलाई अझ राम्रो सेवा प्रदान गर्नको लागि मात्र प्रयोग गरिनेछ। प्रयोगकर्ताको कुनैपनि व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारीलाई कहिले पनि व्यावसायिक फाइदाको लागि तेस्रो पक्षसँग साझा गरिनेछैन।

तपाईं हाम्रो वेबसाइमा आउँदा विज्ञापनहरू देखाउनको लागि यो वेबसाइटले तेस्रो पक्षीय विज्ञापन कम्पनीहरू प्रयोग गर्दछ। यी कम्पनीहरूले तपाईंलाई रुचि लाग्न सक्ने सामग्री तथा सेवाहरूको बारेमा विज्ञापन गर्नको लागि तपाईंको यो र अन्य वेबसाइटहरूको भ्रमणको बारेमा जानकारी (व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारी बाहेक) प्रयोग गर्न सक्नेछन्।

6.  प्रतिलिपि अधिकार

अन्य रूपमा उल्लेख गरिएको अवस्थामा बाहेक, यो वेबसाइटमा रहेको सम्पूर्ण सामग्रीहरू प्रति यसको मालिकको प्रतिलिपि अधिकार छ र सम्पूर्ण अधिकार उनीहरूद्वारा सुरक्षित छ। प्रयोगकर्ताहरूले केही सामग्रीलाई व्यक्ति प्रयोगको लागि मात्र प्रतिलिपि गर्न पाउनेछन्। यो साइटको कुनैपनि डाटालाई, प्रतिलिपि अधिकार धारकबाट लिखित अनुमति प्राप्त नगरिकन, कुनैपनि तरिकाले पुन: प्रकाशन गर्न पाइनेछैन। स्वीकृत प्रयोगको बारेमा थप जानकारी पाउनको लागि, कृपया हामीलाई info@shabdakosh.com.np मा इमेल पठाउनुहोस्।